TRUST TRUST

अमेरिकाका नेपालीको चिन्ता गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह

August 24, 2021

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले कोरोनासंग सुरक्षित रहन अमेरिकामा रहेका सबै नेपालीलाई आग्रह गर्नुभएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै साहले भन्नुभएको छ, “आफू र आफ्नो परिवारको सुरक्षामा विशेष जोड दिन पनि म अमेरिकाबासी गैर आवासीय नेपाली समक्ष पुन: हार्दिक अपिल गर्न चाहन्छु ।” “गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ को असर देखिएसागैं सुरुवात देखिनैं जानकारी मुलक सचेतनाको कार्यलाई प्रमुख प्राथमिकता दिएको यहाहरुमा जानकारी रहेकै छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षाको मापदण्ड र अमेरिकाको संघीय, राज्य तथा स्थानीय सरकारहरुले तय गरेका लकडाउन लगायतका सुरक्षाका उपायहरुलाई मध्यनजर गर्दै एनआरएनए अमेरिकाले विद्युतीय माध्यमवाट सचेतना मुलक कार्यक्रमहरुलाई बढावा दिदैं आएको छ ।” बिज्ञप्तिमा लेखिएको छ । “विश्वलाई प्रभावित पारेको कोभिड–१९ को बढ्दो संक्रमणले अमेरिका ठप्प प्राय बनेको छ । अमेरिकाका हामी गैर आवासीय नेपाली समेत यसवाट प्रभावित भएका छौं । अमेरिकामा बस्ने तपाई हामी सबैं गैर आवासीय नेपाली यो समस्याको समाधान कहिले निस्कन्छ भनेर चिन्तित छौं । तर पनि आजसम्म हामीले गर्न सक्ने भनेको आफू सुरक्षित हुँदैं परिवार, आफ्नो समुदाय, देश हुँदैं विश्वभर संक्रमणको संख्या बढ्न नदिनु हो । र अप्ठ्यारो अवस्थामा परेका हाम्रो समुदायका व्यक्ति र परिवारलाई सकेको सहयोग गर्नु हो र सहयोगी हात अघि बढाउनु हो । त्यो अभियानमा गैर आवासीय नेपाली संघ अमेरिका सदैंव तपाईहरुको साथमा रहेको पनि यहाँहरुमा अवगत गराउन चाहन्छु । समस्यामा रहेका विद्यार्थी देखि लिएर संक्रमित बन्न पुग्नु भएका व्यक्ति र परिवारलाई संघले आफ्नो क्षमता अनुरुपको सहयोग पनि गर्दै आएको छ । आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाउन चाहन्छु ।” बिज्ञप्तिमा भनिएको छ । आफुहरुले हामीले सामाजिक संजाल तथा संचार माध्यममार्फत हाम्रो समुदायलाई विभिन्न विषयबारे अगवत गराउन जानकारी मुलक अनलाइन कार्यक्रम चलाउँदैं आएका पनि साहले जानकारी दिनुभएको छ ” अध्यक्ष साहले zoom मा गरेको लाईभ हेर्नुहोला । प्रेस बिज्ञप्ति यस्तो छ अप्रिल ५, २०२० आदरणीय अमेरिकाबासी आमा बुबा, दाजुभाई तथा दिदिबहिनी एवं समस्त गैर आवासीय नेपालीमा सादर नमस्कार । अहिले नोभल कोरोनाभाईरस डिजिज (कोभिड–१९) को संक्रमण विश्व भर फैलिरहेको छ । यसको संक्रमणका कारण विश्वभरमा झण्डैं ६८ हजारको ज्यान गएको छ भने यसको संक्रमणको संख्या अमेरिकामा उच्च देखिएको छ । अमेरिकामा मात्रैं कोभिड-१९ बाट ३ लाख भन्दा बढी संक्रमित भएका छन् । अहिले कोभिड–१९ संक्रमणको केन्द्र अमेरिका बन्न पुग्दा त्यसले तपाई हामी सबैंलाई त्रसित र चिन्ता थपेको छ साथै अमेरीकाको जनजिवन पूर्ण प्रभावित बन्न पुगेको छ । विश्वको निम्ति कोभिड–१९ भाइरसको संक्रमण रोक्नु आज एउटा चुनौती बनेर आएको छ । आशा छ अवको केही दिनमा यसको संक्रमण रोक्न विश्व सक्षम बन्नेछ र यस कोभिड–१९ भाइरस विरुद्वको औषधी पत्ता लगाउन अहिलेको २१ औं शताब्दीको विश्वले सफलता पाउनेछ । कोभिड–१९ को संक्रमण रोक्न विश्वका शक्ति राष्ट्रहरुले हर प्रयास गरिरहदा अहिले हामीले गर्ने भनेको आफूलाई सुरक्षित राख्ने हो । आफू र आफ्नो परिवारको सुरक्षामा विशेष जोड दिन पनि म अमेरिकाबासी गैर आवासीय नेपाली समक्ष पुन: हार्दिक अपिल गर्न चाहन्छु । गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ को असर देखिएसागैं सुरुवात देखिनैं जानकारी मुलक सचेतनाको कार्यलाई प्रमुख प्राथमिकता दिएको यहाहरुमा जानकारी रहेकै छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षाको मापदण्ड र अमेरिकाको संघीय, राज्य तथा स्थानीय सरकारहरुले तय गरेका लकडाउन लगायतका सुरक्षाका उपायहरुलाई मध्यनजर गर्दै एनआरएनए अमेरिकाले विद्युतीय माध्यमवाट सचेतना मुलक कार्यक्रमहरुलाई बढावा दिदैं आएको छ । विश्वलाई प्रभावित पारेको कोभिड–१९ को बढ्दो संक्रमणले अमेरिका ठप्प प्राय बनेको छ । अमेरिकाका हामी गैर आवासीय नेपाली समेत यसवाट प्रभावित भएका छौं । अमेरिकामा बस्ने तपाई हामी सबैं गैर आवासीय नेपाली यो समस्याको समाधान कहिले निस्कन्छ भनेर चिन्तित छौं । तर पनि आजसम्म हामीले गर्न सक्ने भनेको आफू सुरक्षित हुँदैं परिवार, आफ्नो समुदाय, देश हुँदैं विश्वभर संक्रमणको संख्या बढ्न नदिनु हो । र अप्ठ्यारो अवस्थामा परेका हाम्रो समुदायका व्यक्ति र परिवारलाई सकेको सहयोग गर्नु हो र सहयोगी हात अघि बढाउनु हो । त्यो अभियानमा गैर आवासीय नेपाली संघ अमेरिका सदैंव तपाईहरुको साथमा रहेको पनि यहाँहरुमा अवगत गराउन चाहन्छु । समस्यामा रहेका विद्यार्थी देखि लिएर संक्रमित बन्न पुग्नु भएका व्यक्ति र परिवारलाई संघले आफ्नो क्षमता अनुरुपको सहयोग पनि गर्दै आएको छ । आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाउन चाहन्छु । संघले कोभिड –१९ का कारण अमेरिकामा रहेका गैर आवासीय नेपालीलाई परेको र पर्न सक्ने समस्यालाई केलाएर समाधानका लागि तत्कालिन र दिर्घकालिन रुपमा कसरी के गर्न सकिन्छ भन्ने सन्दर्भमा काम गरिरहेको यहाहरुलाई जानकारी रहेकै छ । हामीले सामाजिक संजाल तथा संचार माध्यममार्फत हाम्रो समुदायलाई विभिन्न विषयबारे अगवत गराउन जानकारी मुलक अनलाइन कार्यक्रम चलाउँदैं आएका छौं । कोभिड–१९ को संक्रमणमा पर्नुभएका नेपालीको लगत संकलन गर्नेदेखि लिएर उहाँहरुलाई गर्नुपर्ने सहयोगका कार्य तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने काम संघले गर्दै आएको छ । यो बेला म सबैंमा के आग्रह गर्न चाहन्छु भने अहिलेको यो महामारीको कारण समस्यामा पर्नुभएका विद्यार्थी भाई बहिनी लगायत सम्पुर्ण अमेरिकाबासी नेपाली आमा बुबा, दाजुभाई तथा दिदिबहिनी हरू जो कोही पनि हाम्रो सम्पर्कमा आउनुहोस्, हामीले तपाईलाई सकेको सहयोग गर्नेछौं । आवश्यक समन्वय काम गर्ने छौं । गैर आवासीय नेपाली संघ, अमेरिकाले कोभिड–१९ को प्रभावलाई गम्भिर रुपमा लिदैं मेरैं नेतृत्वमा उच्चस्तरीय सहयोग समिति गठन गरेको छ । त्यसै गरी संघका प्रमुख संरक्षक निवर्तमान अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा स्वास्थ्य सहयोग समिति, विद्यार्थी सहयोग समिति, क्षेत्रिय तथा स्थानीय च्याप्टरमा सहयोग समिति तथा स्वयं सेवकको परिचालन, कोभिड–१९ हटलाइन सेवाको संचालन, कोभिड–१९ बारे जानकारी मुलक इ-पम्पलेटको निर्माण तथा सम्प्रेषण गर्ने काम गरेको छ । अमेरिका स्थित नेपाली दुतावास संग सहकार्य गर्दै संघले नेपाल सरकारले गरेका निर्णयहरुलाई गैर आवासीय नेपाली विच पुर्‍याउन पुलको काम गरिरहेको छ । साथैं अहिलेको यो विषम परिस्थितिमा अमेरिकाको केन्द्र सरकार, राज्य सरकार र स्थानीय सरकारले ल्याएका सहुलियतका कार्यक्रमहरु तथा विभिन्न सुरक्षा सम्बन्धि घोषणा गरिएका कार्यक्रमहरु बारे गैर आवासीय नेपालीलाई बुझाउन हामीले केन्द्र तथा च्याप्टर कमिटि मार्फत काम गरिरहेका छौं । अमेरिकामा रहेका सबैं संघ संस्थालाई कोभिड–१९ विरुद्वको यो अभियानमा जोडिन पनि म सबैंमा अनुरोध गर्न चाहन्छु । संघले आपकालिन राहत कोषको निर्माण गर्दै आर्थिक सहयोग समेत संकलन गरिरहेको छ । अहिलेसम्म करिव ११ हजार डलर संकलन भैसकेको छ । यस कोषवाट संघले कोभिड १९ को असरका कारण आर्थिक समस्या सँग जुध्न बाध्य नेपालीहरुलाई सहयोग गर्ने छ । कोषवाट हामीले समस्यामा परेका विद्यार्थी भाई बहिनी लगायत गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनी हरूलाई करिव ७ हजार सहयोग गरिसकेका छौं । संघको तत्वाधानमा नेपाली समुदाय भित्र कोभिड–१९ असर कस्तो परेको छ र समाधानका लागि के गर्न सकिन्छ त्यस सम्बन्धमा विभिन्न पक्षमा केन्द्रीत रहेर अनलाइन कार्यक्रम संचालन गरिएको थियो र त्यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । कोभिड–१९ को कारण संक्रमणवाट कसरी जोगिने, स्वास्थ्य सेवा कसरी लिने, कोभिड–१९ को प्रभाव नेपालीले संचालन गर्ने व्यापार व्यवसायमा कस्तो परेको छ, सरकारले ल्याएको राहत कार्यक्रममा कसरी समावेश हुन सकिन्छ, नेपाली विद्यार्थीमा परेको असर, आप्रवासीहरुलाई पारेको प्रभाव यी यस्ता धेरैं पक्षहमा केन्द्रीत रहेर संघले अनलाइन कार्यक्रम गरिरहेको छ । संघले अमेरिकामा रहनुहुने आम गैर आवासीय नेपालीको समस्यालाई सूचीकृत गर्दै आवश्यकता अनुरुपका कामहरु गरिरहेको छ र आगामी दिनमा समेत यसलाई जोड दिनेछ । संघले आफ्ना च्याप्टरहरु मार्फत पनि सेवाको कार्यलाई अघि बढाइरहेको छ । नेपाली समुदायलाई सुरक्षित राख्न र आवश्यकता अनुरुप सहयोगी हात अघि बढाउन संघले गरिरहेको अभियानमा विभिन्न रुपवाट सहकार्य गर्ने सबैंप्रति धन्यवाद व्यक्त गर्दछु । विगतमा संघले सहयोगका लागि आग्रह गर्दा तपाईहरुले जुन साथ दिनुभएको थियो त्यस्तैं सहयोग कोभिड– १९ आपकालिन कोषमा समेत गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं । र सकेको सहयोग गर्न पनि म सबैंलाई विशेष अनुरोध गर्दछु । मानवीय सहायताको यो घडीमा तपाई हाम्रो सानो सहयोग पनि मुल्यवान हुनेछ । अहिले अमेरिकामा रहेका तपाई हामी गैर आवासीय नेपाली समस्यामा छौं । आगामी दिनमा विद्यार्थी लगायत नेपालीलाई पर्न सक्ने अझ बढी समस्या प्रति हामी चिन्तित छौं । यो अवस्थामा हामीले गैर आवासीय नेपाली संघ आइसिसी सँग समेत बिशेष सहयोगको निम्ति अनुरोध गरेका छौं । अहिले अमेरिकाबाट आइसिसीको मुख्य पदहरुमा समेत उत्साहजनक उपस्थिति रहेको छ, त्यसैले आइसिसीवाट यथेष्ठ सहयोग आउने विश्वास हामीले गरेका छौं । सधैं एनआरएनए आइसिसीले बनाउने दिर्घकालिन योजना तथा आइसिसीले आह्वान गरेका सहयोगका कार्यक्रममा एनआरएनए अमेरिकाको तर्फवाट विशेष सहयोग हुँदैं आएको थियो, अहिले आवश्यकता हामीलाई छ त्यो पक्षलाई आइसिसीले बुझ्ने छ भन्ने अपेक्षा हामीले गरेका छौं । अन्त्यमा, कोभिड–१९ को महामारी बिच ज्यान गुमाउनु भएकाहरु सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सङ्क्रमणमा परी उपचार गराइरहनुभएका सबैको स्वास्थ्य लाभका लागी भगवान् सँग प्रार्थना गर्दछु । तपाई सबैको सुस्वास्थ्य कामना गर्दछु । आफू पनि सुरक्षित रहनुहोला र परिवारलाई पनि सुरक्षित राख्नुहोला । धन्यवाद । जय एनआरएन । जय एनआरएनए अमेरिका । सुनील साह अध्यक्ष गैर आवासीय नेपाली संघ, अमेरिका

Learn More

Share On

Related News