TRUST TRUST

‘गैर आवासिय संघ निरन्तर रचनात्मक बिमर्ष हुने थलो बन्नुपर्छ’ -सुनिल शाह (उमेद्वार ICC उपाध्यक्ष)

August 31, 2021

Suneel-nirantar

गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए) आईसीसी निर्वाचन २०२१-०२३ का लागि उपाध्यक्ष पदका उमेद्वार सुनिल शाहले एनआरएनए निरन्तर रचनात्मक बिमर्ष हुने थलो बन्नु पर्नेमा जोड दिएका छन् । एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष शाहले आइसीसी उपाध्यक्ष पदको उमेद्वारी घोषणा संगै संस्थागत छविबारे आवाज उठाएका हुन् ।

टेक्सासलाई कर्मथलो बनाएर लामो समयदेखी एनआरएनए अभियानसंग जोडिएका शाहले एनआरएनए कसैको निजी सम्पत्ती नभई लाखौं प्रवासी नेपालीको साझा सामाजिक संस्था भएको दोहोर्याउँदै गैर आवासिय संघ सदस्यहरुको पनि कार्यसमिती सदस्य बराबर अधिकार रहेको उल्लेख सहित समस्याको सारथी बनेर समाधानका मार्गहरु पनि प्रसस्त बनाउनु पर्नेमा जोड दिएका हुन् ।

एनआरएनए आकांक्ष र अपेक्षाहरुको प्रतिविम्ब बनेर बिधान बाँचेको हुनुपर्नेका तर्कसंगत धारणा राखेका शाहले लाखौं सदस्यहरुको प्रतिनिधी संस्थाको बिधानले रुपान्तरणको बाटो स्पष्ट कोर्नु पर्ने बताएका छन् ।

जनकपुरको सामान्य परिवारमा जन्मिएका शाह पेसाले ईन्जिनियर हुन् । लामो समयदेखी अमेरिकाको टेक्सासलाई कर्मक्षेत्र बनाएर अघि बढिरहेका उनि सफल व्यवसायि पनि हुन् । सामाजिक अभियान र एनआरएनएसंग लामो समयदेखी आवद्ध शाह २०१७-०१९ का लागि एनसीसी अमेरिका बरिष्ठ उपाध्यक्ष हुँदै २०१९-०२१ का लागि अध्यक्ष पदमा ठुलो मतान्तरले बिजयी भएका थिए ।

विश्वासको प्रतिक परिवर्तनको संवाहक भन्ने मुल नाराको साथ चुनावी मैदानमा देखिंदै गरेका शाहले विश्वासको जगमा संस्थाको समय सापेक्ष रुपान्तरणको अभियानमा सार्थक योगदान पुर्याउनका लागि उमेद्वारी दिने निर्णय गरेको बताउँदै यसलाई प्रणका साथ पवित्र यात्राको सुरुवातका रुपमा आफुले लिएको बताएका छन् ।

बलियो नेतृत्व कुशलता र लामो समाजिक अनुभव सहित यस पटकको आईसीसी निर्वाचनमा उपाध्यक्ष पदको दावेदारीमा देखिंदै गरेका शाहको उमेद्वारीलाई अमेरिकाबासी साथै टेक्सासका नेपालीहरुले आफुहरुको प्रतिनिधी उमेद्वारी भन्दै समर्थन सहित जीतका लागि शुभकामना दिईरहेका छन् ।

Share On

Related News