TRUST TRUST

एनआरएनए अमेरिकाकाे अभियानमा सबैलाई हातेमालो गर्न अध्यक्ष शाहको आव्हान

August 24, 2021

Suneel Sah

टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाले कोरोनाको महामारीले समस्या परेका नेपालीहरुलाई सहयोगका लागी संघले थालेको अभियानमा अमेरिकाका सबै संस्थालाई हातेमालो गरेर अगाडी बढन आव्हान गरेको छ ।


गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले आईतबार एक विज्ञप्ती मार्फत अमेरिकामा रहेका विभिन्न संघ सस्था तथा आइसिसीलाई समेत एक साथ हातेमालो गरेर अघि बढन आव्हान गरेका हुन । यतिबेला कोरोनाले सबैलाई मर्महात बनाएको छ’ शाहले भने– ‘यस्तो बेला हामीले आम गैरआवासिय अमेरिकाबासी नेपालीहरुको प्रतिनिधित्व गदै राहत कार्यक्रम देखि अन्य चेतनामुलक कार्यक्रम गदै आएकाले सबैले हामीसंग हातेमालो गरेर अगाडी बढने बेला आएको छ ।’


संघले कोरोना प्रभावित नेपालीलाई राहत कोष संचालन गरेर सहयोग अभियानलाई अगाडी बढाउदै लगेको छ । अहिले सम्म ७ हजार डलर कोरोना प्रभावित नेपालीलाई सहयोग गरिसकेको छ ।


एनआरएएन अमेरिकाका अध्यक्ष सुनिल शाहले अमेरिकाबासी नेपाली दाजुभाई दिदिबिहनी तथा विद्यार्थीलाई सम्पर्कमा आउन र सकेको सहयोग गर्न तयार रहेको बताएका हुन ।


उनले कोरोनाको संक्रमणमा परेका नेपालीको लगत संकलन देखि उनिहरुलंप्राई गर्ने सहयोग तथा स्वास्थय सामग्री उपलब्ध गराउने काम संघले गदै आएको बताए । उनले नेपाली समुदायलाई विभिन्न विषयबारे जानकारी गराउन अनलाइन मार्फत नियमित रुपमा जानकारीमुलक कार्यक्रम गदै आएको बताए ।


गैरआवासिय नेपाली संघ अमेरिकाले अध्यक्ष सुनिल शाहकै नेतृत्वमा उच्चस्तरीय सहयोग समिति गठन गरी विभिन्न कामहरु नियमित रुपमा गरिरहको छ । संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा केशव पौडेलको संयोजकत्वमा स्वास्थय सहयोग समिति, विद्यार्थी सहयोग सििमति, क्षेत्रीय तथा स्थानिय च्याप्टरमा सहयोग समिति, स्वयसेवक परिचलान, हटलाइन सेवा सचालन देखि कोभिड–१९ बारे जानकारी मुलक इ–पम्पेलटको निर्माण तथा संप्रेषणको काम गरिसकेको छ ।


अध्यक्ष शाहले अमेरिका स्थित नेपाली दुताबास संग सहकार्य गरी संघले नेपाल सरकारले गरेका निर्णयहरुलाई गैर आवासिय नेपाली बीच पुलको काम गरेको बताए । उनले अमेरिकाको केन्द् राज्य तथा स्थानिय सरकारले ल्याएको सहुलियत कार्यक्रम तथा विभिन्न सुरक्षा संम्बन्धी घोषणा गरिएका कार्यक्तमहरु बारे गैरआवासिय नेपालीलाई बुझाउन केन्द्र तथा च्याप्टर कमिटिी मार्फत काम गरिरहेको बताए ।


उनले अमेरकाका रहेका सबै संघसस्थालाई कोविड–१९ विरुद्धको यो अभियानमा जोडिन आव्हान गरेका छन् ।


उनले संघले आपतकालिन राहत कोषको निर्माण गदै आर्थिक सहयोग संकलन समेत गरिरहेको बताएका छन् । राहत कोषमा अहिले सम्म ११ हजार डलर संकलन भएको छ । कोषबाट संघले कोरानाका कारण आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने जनाएको छ ।


अध्यक्ष शाहले अमेरिकामा रहेका गैरआवासिय नेपालीहरु अहिले कोरानाको महामारीले समस्यामा रहेको बताए । यो अवस्थामा गैरआवासिय नेपाली संघले आइसिसी संग समेत विशेष सहयोगको निमित्त अनुराधे गरेको छ । उनले एनआरएनए आइसिसीले बनाने दिर्घकालिन योजना था आइसिसीले आव्हान गरेको सहयोगका कार्यक्तमहरुमा एनआरएए अमेरिकाको तर्फबाट पनि विशेष सहयोग रहदै आएको शाहले विज्ञप्ती माफर्त जानकारी गराएका छन् । उनले अहिले हामी त्यसको आवश्यकता छ, शाहले भने– ‘हाम्रो आवश्यकतालाई आइसिसीले बुझने छ , भन्ने अपेक्षा हामीले राखेका छौ ।’

Share On

Related News