TRUST TRUST

एनआरएनए अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड आइसोलेसन सेन्टर स्थापना

August 24, 2021

covid isolation at janakpur

जनकपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड- १९ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जनकपुरमा रहेको Craniofacial Center मा कोभिड आइसोलेसन सेन्टर स्थापना गरिएको हो । आइसोलेसन सेन्टर स्थापना भएसँगै अहिले बिरामी भर्ना गरी उपचार शूरु गरिएको छ ।

आइसोलेसन सेन्टरमा बिरामीलाई निशुल्क बेडको वन्दोवस्त गरिएको छ भने सामान्य औषधी, बिरामीको खाना, अक्सिजन जस्ता सेवा निशुल्क गरिएको छ । साथै चिकित्सकहरुले समेत निशुल्क सेवा दिइरहेका छन् ।

आइसोलेसन सेन्टरमा असाहय, गरिव, निमुखालाई पहिलो प्राथाकिता दिइनेछ भने कोभिड उपचार चाहेर पनि गर्न नसकेकालाई दोस्रो प्राथमिकता दिइनेछ । सेन्टरमा २४ सौ घन्टा मेडिकल टिम अर्लट रहनेछ ।

तीन महिनाको लागि सञ्चालन अनुमती लिइएको सो सेन्टरको लागि प्रादेशिक अस्प्तालले मेडिकल सर्पोट र सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयले डकुमेन्टेसनमा सहयोग गरेको छ भने आर्थिक सहयोग एनआरएनए अमेरिकाले गरेको हो ।

सेन्टरका अपरेशन म्यानेजर फूलगेन साहले उपचार अभावमा समस्यामा परेका कोभिड बिरामीलाई आइसेलसन सेन्टरमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । सेन्टरमा ३ जना बिरामी भर्ना समेत भइसकेको उहाँले बताउनु भयो । त्यस्तै, डा ऋषी केस प्रताप साहले कोभिड आइसेलसन सेन्टरमा सबै उपचार निशुल्क रहेको र २४ सौ घन्टा मेडिकल टिमसहित अलर्ट रहेको बताउनु भयो ।

आईसोलेलन सेन्टरको लागी संस्थाको तर्फबाट एनआरएनए एनसीसी अमेरीकाको बोर्ड अफ डायरेक्टर तथा आईसीसी स्वास्थ्य समिति उपसंयोजक सत्य चौधरी र बोर्ड अफ डायरेक्टर तथा एनसीसी अमेरीकाको स्वास्थ्य समिति संयोजक बासुदेव अधिकारीले संयुक्त रूपमा संयोजन गर्नु भएको थियो।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आइसोलेसन सेन्टरको निर्माण गर्न एनआरएनए अमेरिकाले १५ हजार अमेरिकी डलर सहयोग गरेको बताउनु भयो ।

साथै अध्यक्ष साहले नेपालमा अक्सिजन प्लान्ट निर्माणको लागि आफूहरु लागिरहेको बताउनु भयो । त्यसका लागि रकम संकलन जारी रहेको र हालसम्म १ करोड माथिको रकम संकलन भइसकेको बताउनु भयो । एनआरएनए अमेरिकाले यसअघि पनि आइसिसीमार्फत १२ लाख रुपैयाँ नेपालका कोभिड प्रभावीतलाई सहयोग गरेको थियो ।

प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार १५:३०

Share On

Related News