TRUST TRUST

एनआरएनए अमेरिकाको स्टुडेन्ट टास्क-फोर्सद्वारा अमेरिकाका नेपाली बिद्यार्थीलाई सहयोग पुग्ने एप सार्बजनिक

August 24, 2021

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाद्वारा गठित स्टुडेन्ट टास्क-फोर्सले अमेरिकाका नेपाली बिद्यार्थीलाई सहयोग पुग्ने सूचनामुलक जानकारी सहितको एप सार्बजनिक गरेको छ।

एपको सार्बजनिक गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले खुशी ब्यक्त गर्दै बिद्यार्थीहरुको हक हीतका लागि यो एप सहयोगी हुने विश्वास ब्यक्त गर्नुभयो। साहले आफ्नो कार्यकालमा बिद्यार्थीहरुलाई अग्रभागमा राखेर काम गरेको भन्दै टास्क फोर्सको सक्रियता उल्लेखनीय भएको बताउनु भयो।

अमेरिकामा रहेका नेपाली बिद्यार्थी कनेक्सन र नेटवर्क गर्दै उनीहरुलाई यहाँको नेपाली समुदमा घुलमिल गराउने अमेरिकाको मूलप्रवाहमा एकाकार गराउने उद्देश्यले यो एप बनाएको टास्क फोर्सका संयोजक त्रिभुवन पाण्डेले बताउनु भयो।

“हामीले विगत ७ महिनादेखि समस्यामा परेका विद्यार्थीहरूका लागि विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । अमेरिकामा अध्ययनरत नेपाली बिद्यार्थीहरुका समस्याहरु लाई माध्यनजर गर्दै एनआरएनए अमेरिका र अमेरिकामा रहेका नेपाली समुदायहरुसँग सजिलै पहुच पुगोस भन्ने सोचका साथ “NRNA STUDENT NETWORK” एपको निर्माण गरेको हो।” टास्क-फोर्स सहसंयोजक अनुप खनालले बताउनु भयो।

“प्रविधिको उच्चतम प्रयोगलाई विशेष ग्राह्यता दिएर छिटो, सहज र सरल ढङ्गबाट विद्यार्थीहरूले आफ्ना समस्या राख्न र सञ्जालमा जोडिन यो एप उपयोगी बन्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । साथै विद्यार्थीहरूले भोग्नु परेका समस्याको समाधानमा समेत यसको प्रभावकारिता रहने अपेक्षा रहेको छ ।विद्यार्थी साथीहरूलाई कुनै पनि सहयोग चाहिएको खण्डमा यसै एप प्रयोग गरेर नजिक भएका सहयोगीहरूसँग सहयोग लिन सक्नु हुनेछ।” खनालले भन्नुभयो।

टास्क फोर्सका सदस्य तथा यस कार्यमा सक्रिय प्रविन खड्काले सबै बिद्यार्थीहरु र नेपाली समुदायलाई यो एप डाउनलोड गर्न र प्रयोग अनुरोध गर्नुभयो।

तपाईले यो एप डाउनलोड गर्नुभयो ? छैन भने NRNA STUDENT NETWORK आजै डाउनलोड गर्नुहोस।

https://www.nepalesediaspora.com/archives/16326

Share On

Related News