TRUST TRUST

कार्यकाल सकिन लागेको २०१९–२०२१ को एनआरएनए अमेरिकाले के गर्याे त ?

August 24, 2021

TeamSuneel

टेक्सस– अहिले अमेरिकामा एनआरएनए अमेरिकाको नया कार्यकालका लागी चुनावी गर्मि बढेको छ । एकातिर चुनावी चहलपहल बढेको छ भने अर्कोतर्फ २०१९–२०२१ को एनआरएनए पदाधिकारीहरुको कार्यकाल सकिन अब चार महिना बाकी छ । नया कार्यकालका लागी अध्यक्ष बन्ने दौडको चर्चा भइरहेका बेला अहिलेको कार्यकालले गैरआवासिय नेपालीका लागी के–के पहल ग¥यो त । यस विषयमा अहिलेको नेतृत्वसंग हामीले कुराकानी गरेका छौ ।
त्यसो त एनआरएनए को काम खादामाला, आसन र भाषणमा सिमित रहेको जनगुनासो आउने गरेको छ । यसबारेमा यहा“ एनआरएनए नेतृत्वले प्रष्ट पारेको छ ।
‘ एनआरएनए भनेको सामाजिक संस्था हो , यसले निति निर्माण गर्ने अवश्य हैन, नत कानुन नै बनाउने हो । एनआरएनले नेपाली समाजमा भएका समस्या पहिचान गरि समाधानका लागी पहिल गरिदिने हो गैरआवासिय नेपाली संघ (एनआरएनए )अमेरिकाका अध्यक्ष सुनिल शाहको भनाइ हो यो ।

एनआरएनए अमेरिकाको २०१९–२०२१ को सुनिल शाहको कार्यकालमा अहिले सम्म के के पहल भए त ? यसबारेमा हामीले कुराकानीमा आधारित रहेर बुद्धाहरु पस्कने प्रयास गरेका छौ ।
एनसिसि अमेरिकाकाले आइसिसिमा यहाबाट तीन प्रतिनिधिलाई प्रतिनिधित्व गराउन सफल भयो । जसमध्ये उपाध्यक्षमा सोनाम लामा, महिला उपाध्यक्षमा रविना थापा र सचिवमा गौरी जोशीलाई प्रतिनिधित्व गराएर जिताउन सक्षम भयो । एनसिसिले काठमान्डौमा परिचयात्मक कार्यक्रम राखेर पहल समेत ग¥यो । यो प्रतिनिधि अमेरिकाको एनआरएनएको इतिहासकै पहिलो सफलता हो ।
एनआरएनको एजेन्डालाई मजबुत बनाउन फेसबुक अर्काइभ बनाउने न्युज लेटर निकालेर आम जनमानसमा पुराउने काम ग¥यो ।
युवा तथा विद्यार्थीलाई ट्रान्सपरेन्सी बनाएर समस्या समाधान तर्फ अग्रसर रहयो । टेक्ससमा नेपाली राजदुतबास संग सहकार्य गरेर युवा भेलाको आयोजना गरेर समस्याहरु केलाएर समाधानका उपाय खोजी गरियो । नेपाली पढने विश्वविद्यालयमा राजदुत नियुक्त गरेर समस्या समाधानको पहल थालिएको छ ।

महिलाको समस्यालाई लिएर एनआरएन अमेरिकाको इतिहासमै पहिलो महिला भेलाको आयोजना गरिएको थियो । महिला नेतृत्व हिसां लगायतका विषयमा बृहत छलफल भेलामा भएको थियो ।
संचार र प्रविधिको युगमा डिजिटल गर्भनेन्सलाई प्राथमिकता दिएका छौ । एनआरएनएको वेभसाइट राम्रो बनाएर सदस्य प्रणालीलाई राम्रो बनाउने देखि सर्भर डाउनको समस्यालाई पनि हल गरियो । त्यस्तै डिजिटल कार्ड , एनआरएनए एप, जुम मिटिङ तथा डकुमेन्ट सिस्टमलाइ पनि डिजिटलाइज गरियो ।
कोभिड–१९ को महामारीको समयमा स्थानिय संघसंस्था संग सहकार्य गरेर चेतनामुलक कार्यक्रमहरुमा जोड दिइयो । पैसा उठाएर समस्या समाधान भन्दा पनि कोरोना महामारीबाट बच्न उपायका बारेमा चेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिइएको थियो । कोभिड–१८ बाट बच्न सम्बन्धीत विशेषज्ञ डाक्टरहरुलाई सहभागी गराएर चेतनामुलक कार्यक्रमहरु गरिए ।

विद्यार्थीका इमिग्रेसन सम्बन्धी समस्याका लागी हाम्रो नेपाली लयर्सहरुलाई लिएर सुचना दिने काम भयो । केही नेपाली पढने कलेजमा १० प्रतिशत फि मिनाह समेत भएको छ ।

कोरोना महामारीकै समयमा नेपाली राजुदताबास संग समन्वय गरेर भिजिट भिसामा अमेरिका आएका नेपाली बुबा आमा तथा समस्यामा परेकालाई चार्टर प्लेन मार्फत नेपाल पठाउने पहल समेत भयो । त्यस्तै नेपाली बुबाआमाका स्वास्थ समस्याका बारेमा पनि हल गर्ने प्रयासहरु भए । कोरोनाकै समयमा विद्यार्थीहरुलाई राहत सहयोग समेत उपलब्ध गराउने काम भयो । अमेरिकी जनगणनामा बढी भन्दा बढी नेपाली समुदायको सहभागीता रहोस भनेर जनगणना अभियानमा समेत सहकार्य भयो ।
अमेरिकामा सिपमुलक काममा नेपाली समुदायलाई केही सघाउ पुगोस भनेर प्राविधिक विज्ञहरुलाई लिएर जानकारीमुलक कार्यक्रम चलाइएको थियो ।
आइसिसिलाई १० हजार डलर आर्थिक सहयोग गरियो । त्यस्तै गैरआवासिय नेपालीलाई नागरिकता प्रदान गर्ने विषयमा नेपाल सरकारसंग बारम्बार दबाब दिने काम भएको छ । त्यस्तै दोहोरो कर प्रणालीमा समेत छलफल भएको छ । यस बाहेक पनि एनआरएनए अमेरिकाले विभिन्न सस्थागत रुपमा अन्य थुप्रै काम गरेको छ । एनआरएन केवल आसन र भाषणमा रहेको आरोप लागीरहेका बेला एनआरएनले सस्था विशुद्ध समाजिक भएको प्रष्टाएको छ । विदेशको व्यस्त जीवन काम र घरपरिवारको समय कटाएर सस्थामा लागेको र यसमा कसैको व्यक्तिगत स्वार्थ नभएको अध्यक्ष शाहको दाबी छ । एनआरएनएले यो गरेर त्यो गरेन भन्दा पनि एनआरएनले काम गर्ने हैन, समस्याको पहिचान गर्ने र समाधानका लागी पहल गरिदिने मात्र भएको अध्यक्ष शाहले प्रष्टाएका छन् ।
(एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहसंगको कुराकानीमा आधारित)

फेक आइडी काण्डमा दोष लगाए पनि यथेष्ट प्रमाण भेटिएन’–अध्यक्ष शाह

केही समय पहिला एनआरएनए अमेरिकामा फेसबुक फेक आइडी विषयमा उजुरी परेको थियो । फेकआइडी विषयमा छानवीनका लागी आजीवन सदस्य प्रशन्न संग्रौलाले निवदेन दिएका थिए । यथार्थ बाहिर ल्याउन छानवीन समिति बनेको थियो । आरोप लागेकालाई ४५ दिन पदीय जिम्मेवारीबाट बाहिर राखिएको थियो । कानुन हातमा लिने हामी अदालत त हैनौ । तर पनि संस्थाको विधी र विधानमा रहेर दोषीलाई सस्थाले कार्वाहीको प्रकृयामा जानुपर्छ भनेर हामी अघि बढयौ ।
तर छानवीन समितिको रिपोर्ट अनुसार दोष लगाइए पनि यथेष्ट प्रमाण भेटिएन । केवल अनुमान लगाएको मात्र जस्तो भयो । यस विषयमा सम्बन्धीहरु संग छानवीन कमिटीले कुराकानी ग¥यो । तर प्रमाण केही नभेटिएकाले कार्वाहीको प्रकृया अघि बढेन । हामीले छानवीन समितिको रिपोर्ट सबै सार्वजनिक गरेका हौ ।

Share On

Related News