TRUST TRUST

गैर आवासीय नेपाली संघको दुईबर्षे कार्यकाल फर्केर हेर्दा …

August 24, 2021

Suneel Sah Nagarik News

सन् २०१९ को मे १८ र १९ मा सम्पन्न निर्वाचनवाट गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा म निर्वाचित भएको थिएँ । मे महिनामा निर्वाचन भएपनि संघको विधानले जुलाईमा पद हस्तान्तरण हुने व्यवस्था गरेकाले औपचारिक रुपमा अध्यक्ष्ँको जिम्मेवारी जुलाईवाट प्रारम्भ भएको थियो । जुलाई ६ मा पद तथा शपथ ग्रहण लिए पश्चात त्यसको भोली पल्ट अर्थात जुलाई ७,२०१९ मा कार्यसमितिको पहिलो वैठक बसी २ वर्षे यात्राको कार्य आरम्भ गरिएको थियो ।

संघको नेतृत्व गरे पश्चात हामीले संघवाट गर्न सकिने र गर्नुपर्ने कार्यहरुलाई तत्कालिन महत्वका र दिर्घकालिन उद्देश्यका गरी प्राथमिकिकरण गरेर काम अघि बढाएका थियौं । संघमा हाम्रो कार्यसमिति आएको केही महिनामै अहिले विश्वलाई नै आक्रान्त बनाएको कोभिड १९ को असर अमेरिकामा उच्च थियो । कोरोनाको कहरले अमेरिकालाई प्रभावित बनाएको थियो । महिना दिन सम्म लकडाउनको अवस्था थियो । अमेरिकाभर नै कहिले पूर्ण त कहिले आंशिक रुपमा लकडाउनको अवस्था थियो । भ्याक्सिनको व्यवस्था पछि त्यो अवस्थावाट अहिले समान्यतर्फ अमेरिका अघि बढेको छ । तर पनि अझै पूर्ण रुपमा साम्य भैसकेको छैन ।तत्कालिन समयमा कोरोनाको कहरले विश्व आक्रान्त बनिरहदा अझ त्यसमा पनि अमेरिकाको जनजिवन प्रभावित हुदा संघले पनि आफ्नो ध्यान कोरोनाका कहरका विच गैर आवासीय नेपालीलाई के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा केन्द्रीत गरेको थियो । त्यसका साथै गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्ले गर्ने निर्देशन र लिएका योजनालाई समेत पुरा गर्नका लागि राष्ट्रिय समन्वय परिषद्को तर्फवाट हामीले सहयोगी भूमिका खेलेका थियौं ।

अमेरिका भित्र होस् वा मातृभुमी नेपालमा गर्नुपर्ने जुन सुकै सहयोगको कार्यमा संघले प्रभावकारी ढंगवाट सेवाको क्षेत्रमा हात अघि बढाएको थियो । अमेरिकाको गैर आवासीय नेपालीको निम्ति संघले यस विचमा दुरगामी रुपमा सहयोग पुग्ने केही महत्वपूर्ण क्षेत्र र विषयमा पनि केही कार्य गर्न सकेको छ । संघको संस्थागत विकासतर्फ पनि यो २ वर्षको अवधिमा केही महत्वपूर्ण उपलब्धीहरु हासिल भएको छ । संघको आफ्नै भवनको टड्कारो आवश्यकता खड्किरह“दा त्यसका निम्ति आधार तयार गर्ने कार्यमा सफलता हात परेको छ ।

संघको मुटु मानिने सदस्यता वृद्दि तर्फ पनि यस विचमा उपलब्धी हासिल भएको छ भन्ने लाग्दछ । हुनतः अमेरिकामा रहेको गैर आवासीय नेपालीको तथ्याकंस“ग तुलना गर्ने हो भने संघको सदस्य संख्याको अनुपात निकै कम जस्तो लाग्दछ तर पनि २१ हजारको आसपास संघको सदस्य रहेको छ, यो एउटा उपलब्धीनै मान्नुपर्दछ । आगामी दिनमा यसलाई कसरी थप गर्दै जाने त्यस तर्फभने सबै लाग्नुपर्ने देखिन्छ ।

हामी संघमा आइरहेको तत्कालीन समयमा नया आसा, नया भरोसा र केहि गरेर देखाउने जुन सोंच बनाएका थियौं र आम गैर आवासीय नेपालीको जुन विश्वास रहेको थियो त्यसप्रति सकेसम्म न्याय गर्न सक्यौं भन्ने लाग्दछ । समग्रमा भन्दा कार्यकाल सुखद रह्यो । संघलाई चलायमान बनाइरहनुका साथैं सबैलाई समेटेर लैजाने दिशामा हाम्रो कार्यसमितिले प्रभावकारिता देखायो भन्ने मेरो बुझाइ छ । सबैभन्दा ठूलो कुरा त धेरैं विषयहरुमा हामी विवादरहित भएर अगाडि बढ्न सक्यौं । सँगसँगै चुनावको तत्कालिन समयमा अगाडि सारिएका एजेन्डाहरुले केहि हदसम्म सार्थकता पाए भन्ने मलाई लाग्दछ ।

यस विचमा केहि नया कामहरुको शूरुवात पनि भए । तत्कालिन समयमा निर्वाचनमा जाँदा केही आफ्ना योजनाहरुलाई सार्वजनिक गरेको थिए । त्यो समयमा अन्य अध्यक्ष पदका उम्मेद्वारहरुका पनि योजनाहरु सार्वजनिक भएका थिए । विजयी वा पराजय व्यवहोर्नु भएका अन्य पदका उम्मेद्वारहरुका पनि योजनाहरु थिए । र त्यो भन्दा पनि अहं समुदायका पनि चाहनाहरु थिए, संघका सदस्यहरुको पनि अपेक्षा थियो । भुगोलले ठूलो देश अमेरिकामा सबैजसो राज्य र शहरमा अहिले नेपालीको वसोवास रहेको छ । सबैको भावनालाई बुझेर संघलाई अघि बढाउने प्रयासमा निरन्तर लागेर २ वर्षमा जनचासोका कामहरु गर्न सक्यौं । चुनावको समयमा राखिएका एजेण्डाहरुलाई समष्टिगत गर्दै तत्कालिन समयमा देखापर्ने आवश्यकता पाटोलाई सम्बोधन गर्दै २ वर्षमा काम गरियो ।

खासगरी, २ वर्षको अवधिमा गैर आवासीय नेपाली नागरिकताको निरन्तरताको निम्ति संघको अन्तराष्ट्रिय समन्वय परिषद्मार्फत सक्रिय सहभागिता जनाउने देखि लिएर दोहोरो कर प्रणाली अन्त्यका लागि आवश्यक कार्यहरु यस विचमा भए । अहिले यी दुइवटै विषय सम्बोधनको दिशामा अगाडि बढेको छ । हामी आउनुभन्दा अघिको कार्यकालमा सुरु गरिएका तर पुरा हुन बा“की कार्यहरुलाई पुरा गर्ने तर्फ हामीले जोड दियौं, संगसगै उपयोगी तर सुरु नभइसकेका कार्यहरुको थालनी गर्यौं ।

संस्थामा आर्थिक पारदर्शीता कायम गर्ने र मितब्ययीता अपनाउने तर्फ विशेष जोड दिएर आर्थिकपक्षवारे आम सदस्यहरुलाई नियमित जानकारी दिने कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौं । संस्थामा युवा तथा महिलाहरुको सहभागिता बढाउनेतर्फ आधार निर्माण गर्ने देखि लिएर त्यसका निम्ति वातावरण बनाउने काममा उपलब्धीमुलक कार्यहरु दुइ वर्षको विचमा भए ।

२ वर्षको अवधिमा गरिएका कार्यहरुलाई सरसर्ती हेर्दा संघले यस्तो कोरोनाको कहरको विचमा पनि केही महत्वपूर्ण कार्यहरु गरेको छ, संघको गतिशिलता बढाउन हाम्रो कार्यसमितिले सकेसम्म प्रयास गरेको रहेछ भन्ने मलाई लाग्दछ ।

कोभिड १९ का बाबजुत भर्चुअल रुपमा विज्ञ सम्मेलन र एनसिसीको साधारणसभा सम्पन्न, एनसिसी र आइसिसी बीच रहेको एमआइएस सिस्टमलगायतका विवाद निरुपण गरी एउटा दिशा दिन सफल भइएको छ । संस्थाको वेभसाईटलाई सुधार गर्नेदेखि लिएर डिजिटल आइडी कार्ड निर्माण र वितरण, आजिवन सदस्यलाई प्रमाणपत्रको व्यवस्था लगायत राष्ट्रिय आविस्कार केन्द्रस“ग सहकार्यको सुरुवात, नेपाल र भारतको विचमा भएको सीमा समस्याको विषयलाई अमेरिकामा रहेको यूएन, भारतीय राजूतावासमा ज्ञापनपत्र बुझाउ“दै अमेरिकाका विभिन्न ठाउ“मा प्रदर्शन गर्ने देखि लिएर विज्ञहरु सम्मिलित तीन जनाको कमिटि बनाएर त्यसको डकुमेन्टेशन गर्ने काम समेत भएको छ । संस्थाको ऐतिहासक दस्तावेजलाई संकलन गरि संग्रह गर्ने जस्ता धेरै दिर्घकालिन रुपमा महत्व राख्ने कार्य पनि यस विचमा भएका छन् ।

म संघको नेतृत्वमा आइसकेको केही समयपछि उता अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचन भएको थियो । जुन निर्वाचनवाट अमेरिकाले राम्रो उपलब्धी हासिल गर्न सक्यो भन्ने लाग्दछ । अमेरिकाका एनआरएनए अभियन्ताहरु उपाध्यक्ष, महिला उपाध्यक्ष्ँ, सचिवमा निर्वाचित हुनुभयो । क्ष्ँेत्रीय संयोजक, उप क्षेत्रीय संयोजक, महिला क्षेत्रीय संयोजक पनि अमेरिकावाटै निर्वाचित हुनुभएको थियो, खासगरी आइसिसीको आइएसमा ३ जना अमेरिकाका एनआरएनए अभियन्ताहरु निर्वाचित हुनुलाई उपलब्धीको रुपमा लिनुपर्दछ ।

युवा तथा विद्यार्थीका समस्या पहिचान गर्ने र उनीहरुलाई एनआरनए अभियानमा जोड्ने अभिप्रायले पहिलो पटक युवा र विद्यार्थी टाक्सफोर्स बनाएर हामीले काम गर्यौं । त्यो कमिटि अन्तर्गत नेपाली विद्यार्थी पढ्ने विभिन्न ३५ वटा विश्वविद्यालयमा विभिन्न विद्यार्थीलाई दूतको रुपमा नियुक्त गरिएको थियो,यसले विद्यार्थीहरुलाई एनआरएनएमा जोड्न सहयोग पुगेको थियो ।

इतिहासमा पहिलो पटक युवा सम्मेलन समेत गरिएको थियो । २ पटक युवा सम्मेलन सम्पन्न भएको छ । युवा विद्यार्थीका समस्या समाधानमा दिर्घकालीन योजना बनाएर लाग्ने उद्देश्यले कार्यक्रमको थालनीसँगै ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ घोषणा पनि गरिएको थियो । त्यस्तै, अमेरिकामा पढ्ने नेपाली विद्यार्थी ४ जनालाई दिइदै आएको छात्रवृत्ति बढाएर ४ जना छात्र र ४ जना छात्रा गरि ८ जना विद्यार्थीलाई प्रदान गरिएको छ । नया पुस्तालाई एनआरएनए अभियानमा जोड्नका निम्ति ड्रिम विग जस्ता विभिन्न कार्यक्रम संचालन गरिएका थिए ।

यसका साथै महिलाको सहभागिता बढाउनको निम्ति पनि संघले विशेष कार्यक्रम संचालन गर्नुका साथै अभियाननै चलाएको थियो । सहभागिता केवल सदस्य संख्यामा मात्र होइन कार्यसमितिमा पनि बढ्नुपर्दछ भन्ने कुरालाई महत्व दिएर संघको कार्यसमितिमा महिला उपाध्यक्ष र महिला सचिव पदको व्यवस्था गरिएको छ । यसले गर्दा पदाधिकारीमै महिलाको उपस्थितिलाई सुनिश्चित गरिदिएको छ । २ वर्षको अवधिमा महिला केन्द्रीत कार्यक्रमहरु संघले धेरै गर्न सफल भएको थियो । हामीले पहिलो पटक राष्ट्रिय महिला सम्मेलन समेत गर्न सफल भयौं, विश्व स्वास्थ्य सम्मेलनको पहिलो र दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गर्न सकियो भने राष्ट्रिय ज्ञान सम्मेलन समेत सफलता पूर्वक सम्पन्न भयो ।

कोरोनाको कहरका विच उत्तम विकल्पको रुपमा अनलाइनका माध्यमको उपयोग गरी साधारणसभा र ज्ञानसम्मेलन सम्पन्न गरिएको थियो । यसका साथै हेल्प डेस्कमार्फत सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुका साथै हटलाइन सेवाका माध्यमवाट सेवाको कार्य र विभिन्न टास्कफोर्सहरुलाई समेत परिचालन गरी अत्यावश्यक सेवाको कार्यमा संघको सहभागितालाई प्रभावकारी बनाइएको थियो ।

मातृभुमी नेपाललाई संघले अन्तराष्ट्रिय समन्वय परिषद्मार्फत होस् वा अन्य कुनै रुपवाट होस् विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने देखि लिएर आइशोलेसन सेन्टर निर्माण अनि आवश्यक स्वास्थ्य सामाग्री पठाउने कार्यमा संघले सहयोगी भूमिका खेलेको छ । नेपालमा विभिन्न समयमा आउने गरेको प्राकृतिक विपक्तिमा पनि संघले सहयोगी हात अघि बढाएको थियो । कोरोना कहरका विचमा अमेरिकामा रोकिनुभएका आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरुलाई नेपाल पठाउने कार्यमा समेत संघले समन्वयात्मक भूमिका खेलेको थियो ।

समग्रमा भन्नुपर्दा २ वर्षको कार्यकाललाई फर्केर हेर्दा केही गर्न सक्यौं जस्तो लाग्छ । पर्याप्त वा पूर्ण कहिल्यै हुँदैन तर पनि सन्तोष गर्न सक्ने गरी २ वर्षमा कामहरु भए भन्ने लाग्दछ । सामाजिक सेवा मुलक संस्था जहा सबैको सामुहिक सहभागिता रहन्छ र रहनुपर्दछ, सँगसगै उपलब्धी पनि सबैको सामुहिक प्रयासवाट मात्र संभव भएको हुन्छ, तसर्थ म २ वर्षको यो कार्यकालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपवाट सहयोग गर्नुहुने तपाई सम्पूर्णमा आभार व्यक्त गर्दछु ।

जय एनआरएन । जय एनआरएनए । जय एनआरएन, अमेरिका ।

(गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष साहसंग गरिएको कुराकानीमा आधारित । )

Link

Share On

Related News