TRUST TRUST

नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान

August 24, 2021

NRNA

इनेप्लिज २०७७ माघ ७ गते २:५७ मा प्रकाशित

नेपालमा हुने नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन चाहना राख्ने खेलाडीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गर्ने विभिन्न खेलहरुमा संलग्न भएका इच्छुक सबैले खेलाडीहरुले सम्पर्क गर्न सक्नेछन् । नेपालमा आयोजना हुने उक्त नवौ राष्ट्रिय खेलकुदमा एथलेटिक्स,ब्याडमिन्टन(प्वाखे मुङ्ग्रो ),बक्सिङ्ग(मुड्की),कक्रिकेट,भकुण्डो,जुडो,कराते,भलिबल,टेबल टेनिस ,वुशु ,बास्केटवाल लगायत खेलहरु खेलाइने छ ।

यस सम्बन्धि बिस्तृत रुपमा जानकारी चाहिएमा एनआरएन अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सिधै सम्पर्क गर्न सक्नु हुनेछ । लामाको सम्पर्क संख्या :७०३ ८६२ ९८०२ (703 )862 -9802 रहेको छ ।

कोरोना भाइरसको महामारीको चपेटामा परेको कारण नवौं राष्ट्रिय खेलकुदलाई पनि असर पारेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनको दिन २०७७ फागुन २१ देखि २८ सम्म नवौं बृहत राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय भएको थियो । त्यस अनुसार पूर्वाधार पनि तयार नै थियो ।

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

Potential sports for ninth national game and rules regulation

गैर आवासिय नेपाली संघ, खेलकुद प्रतिष्ठान(कार्यदल)

खेल नियमावली एवं कार्यविधि र खेलाडीहरुले पाउने सुबिधा तथा राष्ट्रिय समन्वय परिषदले खेल्नु पर्ने भुँमिका– २०७६

नेपाल भित्र र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न खेलकुदमा गैर आवासिय नेपाली संघबाट भाग लिने क्रममा खेलकुद प्रतिष्ठानले दिने, खेल नियमावली एवं कार्यविधि र खेलाडीहरुले पाउने सुबिधा तथा राष्ट्रिय समन्वय परिषदले खेल्नु पर्ने भुँमिका निम्न तल देहाय बमोजिम रहनेछ।

१.राष्ट्रिय समन्वय परिषदकोहकमा :

(क) कुनै पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले गराउन लागेको खेलकुद गतिबिधीको बारे खेलकुद प्रतिष्ठानलाई जानकारी गराउनु पर्ने।

(ख) कुनै पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले गराएको खेलकुद गतिबिधीमा हुन आएको सम्पूर्ण खर्च सोही राष्ट्रिय समन्वय परिषदले सयम ब्यहोर्ने छ तर गरेको गतिबिधी आम्दानी खर्च खेलकुद प्रतिष्ठानलाई पत्रचार गरी जानकारी गराउनु पर्ने छ।

(ग) राष्ट्रिय समन्वय परिषदले खेलकुद कृयाकलाप गराउदा यदि नेपालबाट केही खेलकुद सामाग्री र प्रमाण पत्र इत्यादी चाहिएको खण्डमा खेलकुद प्रतिष्ठानले उपलब्ध गराउने छ तर आउने खर्च सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलेनै ब्यहोर्ने छ।

(घ) राष्ट्रिय समन्वय परिषदले कुनै पनि अन्तरास्ट्रिय स्तरको खेलकुद गराउने भएको खण्डमा खेलकुद प्रतिष्ठानले गर्न सक्ने सहयोग गर्ने छ। सहयोग भन्नालेखेलकुद प्रतिष्ठानलबाट पत्र चार, रा खे प का प्रतिनिधिको आवश्यक्ता परेको खण्डमा रा खे प संग सहकार्यगरी पठाउने, कुन बिदाको खेलहो सोही बिदाका रेफ्रीहरुको आवश्यक परेको खण्डमा नेपालबाट अन्तरास्ट्रिय स्तरका रेफ्रीहरु पठाउने जस्ता सहयोग गर्न सक्ने छ।

२. नेपालमा राष्ट्रिय खेलकुदमा सहभागि जनाउनको लागि खेलाडी छनौट सम्बन्धमा ।

(क) कुन कुन बिदामा हाम्रो संघले भागलिने भनेर खेलकुद प्रतिष्ठानले तय गरी सबै राष्ट्रिय समन्वय परिषदलाई पत्रचार गर्ने छ।

(ख) खेलकुद प्रतिष्ठानले दिएका खेलकुद बिदाको लागी हरेक राष्ट्रिय समन्वय परिषदले आफ्नै देशमा राष्ट्रिय समन्वय परिषद युवा तथा खेलकुद संयोजकको रोबरमा अन्तर नेपाली खेल गराइउतकृस्ठ खेलाडी छान्नु पर्ने छ।

(ग) राष्ट्रिय समन्वय परिषदबाट छानिएका उतकृस्ठ सम्पूर्ण खेलाडीहरुलाई छेत्रीय युवा तथा खेलकुद संयोजकको रोबरमा पूर्ण सबैलाई पायक पर्ने कुनै एक राष्ट्रिय समन्वय परिषदलाई छानी एक आपसमा खेल गराइ त्यसबाट छानिएका उतकृस्ठ खेलाडीहरुलाई मात्र आवश्यक अनुसार खेलकुद प्रतिष्ठानले नेपाल झिकाउने छ तर यो छनौटको अन्तिम चरणमा खेलकुद प्रतिष्ठान सचिवालयका केही प्रतिनिधिहरु र समाबेश हुन सकेको खण्डमा अन्तर्रा्ष्ट्रिय समन्वय परिषदकायुवा तथा खेलकुद संयोजक पनि हुन अनिवार्य छ।

(घ) यसखेल गराउदा लाग्ने सम्पूर्ण खर्च छेत्रीय युवा तथा खेलकुद संयोजकले राष्ट्रिय समन्वय परिषदका युवा तथा खेलकुद संयोजकहरु सँग सहकार्य गरी खर्च जुटाउने छ भने खेलकुद प्रतिष्ठानबाट आएका सद्स्यहरुको हावाइ टिकट खेलकुद प्रतिष्ठानलेनै ब्यहोर्ने छ तर गाँस र बासको व्यवस्थापन जुन क्षेत्रमा जाने हो सोही क्षेत्रका युवा तथा खेलकुद संयोजकले व्यवस्थापन गर्ने छ।

(ङ) खेलकुद प्रतिष्ठानका प्रतिनिधि भन्नाले नेपालमा रहेको गैरआवासीय नेपाली संघ खेलकुद प्रतिस्ठानको सचिवालय सद्स्यहरु भन्ने बुझिन्छ ।

(३) नेपालमा राष्ट्रिय खेलमा बिभिन्न क्षेत्रबाट खेलाडीहरु सहभागि जनाउनको लागि निम्न अनुसार रहेको छ ।

(क) कुनै पनि खेलाडिहरु नेपालमा हुने राष्ट्रिय खेलमा सहभागी हुनको लागि आउँदा वा जाँदा लाग्ने हवाइ टिकटको ब्यवास्था क्षेत्रिय युवा तथा खेलकुद संयोजक्र राष्ट्रिय समन्वय परिषदकायुवा तथा खेलकुद संयोजकहरुले सम्पूर्ण आफ्नो क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरु सँग सहकार्य गरी उपलब्ध गराउने छ।

(ख) खेलाडिहरु नेपालमा राष्ट्रिय खेलमा सहभागी हुनको लागि आउँदा राष्ट्रिय खेल हुनु भन्दा कती दिन अगावै आउने भन्ने कुरा खेलकुद प्रतिष्ठानले तय गर्ने छ र सोही अनुरुप सबै रिजनका वाइसीहरुलाइ पत्रचार गर्ने छ।

(ग) सम्पूर्ण खेलाडी नेपालमा आए पस्चात आवश्यक अनुसार चांहिने खेल सामाग्री, पोसाक, यातायात र खान बस्नको सम्पूर्ण जिम्मेवारी खेलकुद प्रतिष्ठानले ब्यवास्थापन गर्ने छ भने नेपाल सरकारबाट पाएको खेलाडी भत्ता स्वरुप सम्पूर्ण रकम प्रक्षिकले पाहुँने बाहेक बाँकी खेलाडी भत्ता खेलकुद प्रतिस्ठानले बुज्ने छ।

(घ) यदि कुनै पनि खेलाडीले राष्ट्रिय खेलमा ब्यक्तिगतमा (पहिलो भएमा रु १ लाख )(दोस्रो भएमा रु ७५ हजार) (तेस्रो भएमा रु ५० हजार )र सामुहिक खेलमा (पहिलो भएमा जनही रु २५ हजार) (दोस्रो भएमा जनही रु २० हजार) र (तेस्रो भएमा जनही रु १५ हजार ) पाउने छन।

र खेलकुद प्रतिष्ठानको तर्फबाट माथि उल्लेखित नगद र प्रमाण पत्र सहित खेल सकिएको केहीदिन भित्र खेलाडीहरु आफ्नो आफ्नो गन्तब्य फर्कनु अगावै यो कार्यक्रम गरिने छ र यो कार्यक्रममासम्पूर्ण बिधामा खटिएका प्रक्षिक तथा ब्यवस्थापकहरुलाई पनि जन्य रु २० हजार र प्रमाण पत्रले सम्मान गरिने छ।

(ङ) यदि हाम्रो कुनै पनि खेलाडी भबिस्यमा नेपालकोराष्ट्रिय टिमबाट प्रतिनिधि जनाइ प्रतिस्प्रदा गर्नको लागि छनौट भएको खण्डमा आफु रेहेको देशबाट नेपाल सम्म र नेपालबाट आफु रेहेको देश सम्मको हवाइ टिकट खेलकुद प्रतिष्ठानले ब्यवस्था गर्ने छ ।

Share On

Related News