TRUST TRUST

बिभिन्न छ नेपाली संस्थाहरुद्वारा अमेरिकी सरकारसंग नेपाललाई सहयोग गर्न अनुरोध

August 24, 2021

एनआरएनए अमेरिका लगायत अमेरिकामा सक्रिय छ वटा सामाजिक संस्थाहरुले अमेरिकाको स्टेट सरकारलाई एक बिशेष ज्ञापन पत्र पठाएर नेपालको बढ्दो कोरोना महामारीमा सहयोग गर्न अनुरोध गरेका छन्।

उनीहरुले अमेरिकाका स्टेट सेक्रेटरी एन्थोनी जे बिङ्केन, सिनेटको विदेश मामलाका अध्यक्ष बब मेनेन्डेज, समिति सदस्य जेम्स इ रिस्च, विदेश मामला अन्तर्गतको साउथ एसिया सबकमिटिका अध्यक्ष क्रिस मर्फी र सोहि कमिटिका सदस्य टड योङ्गलाई उक्त पत्र पठाएका हुन्।

पत्रमा उनीहरुले अमेरिकामा बस्ने झन्डै साढे तीन लाख नेपालीका परिवार र नजिकका आफन्तहरु नेपालमा कोरोनाको महामारीले आक्रान्त भएको उल्लेख गर्दै अमेरिकी सरकारबाट औषधि, उपकरणका साथै आर्थिक र मानवीय सहयोग उपलब्ध गराउन अनुरोध गरेका छन्।

उनीहरुले ईमेल मार्फत उक्त ज्ञापन पत्र बुझाएका हुन्।

उक्त ज्ञापन पत्रमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह, एशोसियसन अफ नेप्लिज इन द अमेरिका (एएनए)का अध्यक्ष विजय राज भट्टराई, इन्गेज नेपालका कार्यकारी डाइरेक्टर तथा नेपालका लागि अमेरिकाका पुर्व राजदुत स्कट डेलेसी, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष भुपेश खड्का, नेपाली महिलाहरुको विश्व नेटवर्ककी अध्यक्ष अभिमा उप्रेती र नेपाल राईजिङ्गकी अध्यक्ष आरति मलेखु रहेका छन्।


“नेपालका लागि पूर्व अमेरिकी राजदूत H.E. Scott H. DeLisi सहित अमेरिकामा रहेका ६ संस्थाका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरि नेपालमा हाल देखिएको कोभिड महामारीमा अमेरिकी सरकारको तर्फबाट तत्काल बिशेष सहयोग गरिदिन अनुरोध गर्दै US Department of State, Senate Foreign Relations Committee र Sub-Committee for South Asia सँग कुराकानी भइ औपचारिक पत्राचार गरिएको छ” एएनएका अध्यक्ष विजयराज भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन् , “नेपालका हरेक विपदमा सहयोगी बन्दै आएको अमेरिकी सरकारका यस मामिलामा सहयोग पुर्याउन सक्ने मन्त्रालय तथा सिनेट र क्षेत्रीय कमिटीका प्रमुखहरु संग पत्राचार गरिएको हो।”

Share On

Related News