TRUST TRUST

यस्तो छ अमेरिकामा रहेका नेपालीका लागि एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहद्धारा कोरोना संक्रमणबारे अपिल (विज्ञप्तिसहित)

August 24, 2021

Suneel Shah

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकामा रहेका सबै नेपालीलाई वर्तमान अवस्थामा कोरोना संक्रमणको विषम परिस्थितिमा सबैलाई हातेमालोको लागि अपिल गरेका छन् । ‘कोभिड–१९ को संक्रमणको प्रकोपले बढी प्रभावित हाम्रो नेपाली समुदायका सदस्यहरुलाई तपाई हामी मिलेर सकेको सहयोग गरिरहेका छौं । आवश्यकतालाई प्राथमिकताका आधारमा वर्गिकरण गरी बढी सहयोगको खाँचो रहेको हाम्रो समुदायका सदस्यहरुलाई गच्छे अनुसारको सहयोग गर्न तपाई हामी हातेमालो गरिरहेकैं छौं’ शाहद्धारा जारी विज्ञप्तिमा छ ।

विज्ञप्ति :

आदरणीय अमेरिकाबासी आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु सबैंमा नमस्कार ।

अहिले विश्वनैं कोभिड–१९ भाइरसको संक्रमणले प्रभावित छ । अमेरिकामा बस्दैं आएका तपाई हामी पनि यसबाट प्रभावित भएका छौं । कोभिड–१९ को संक्रमणको प्रकोपले बढी प्रभावित हाम्रो नेपाली समुदायका सदस्यहरुलाई तपाई हामी मिलेर सकेको सहयोग गरिरहेका छौं । आवश्यकतालाई प्राथमिकताका आधारमा वर्गिकरण गरी बढी सहयोगको खाँचो रहेको हाम्रो समुदायका सदस्यहरुलाई गच्छे अनुसारको सहयोग गर्न तपाई हामी हातेमालो गरिरहेकैं छौं ।
गैर आवासीय नेपाली संघ, अमेरिकाले कोभिड–१९ भाइरस संक्रमणको सुरुवाती चरण देखिनैं नेपाली समुदाय केन्द्रीत कार्यक्रम तथा सहयोगी अभियानहरु चलाउँदैं आएको छ । अहिले पनि संघले समस्यामा रहेकालाई सक्दो सहयोग गरिरहेकैं छ । संघको सम्पर्कमा आउन नसक्नुभएका वा संघले सम्पर्क गर्न नसकिरहेको कोही हुनुहुन्छ भने सम्पर्क राख्न स्वयं व्यक्ति वा परिवारमा अनुरोध छ अथवा तपाई जो कोहीले पनि जानकारी गराई सहयोग गर्न पनि अनुरोध गर्न चाहन्छु । संघले सक्दो सहयोग गर्ने पुन: स्मरण गराउन चाहन्छु ।
यसका साथैं विभिन्न प्रयोजनले अमेरिकामा छोटो अवधिका लागि आउनुभएका आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु अन्तराष्ट्रिय उडान बन्द हुँदा यहा रोकिनु परेको छ । यसले गर्दा उहाँहरुमा परेको असर प्रति दु:ख व्यक्त गर्दछु ।
र उहाँहरु लगायत लकडाउनका कारण कामविहिन हुनुभएकाहरु वा अन्य कुनैं कारणले होस् जो नेपाल फर्कन चाहनुभएको छ उहाँहरुलाई समेत नेपाल फर्काउनका लागि संघको तर्फवाट पहल गरिएको पनि जानकारी गराउन चाहन्छु । साथैं यहाँ रहँदा तात्कालिक रुपमा देखापरेका औषधी सकिएको जस्ता समस्याहरु भएको भएपनि निसंकोच संघलाई सम्पर्क गर्न पनि अनुरोध गर्दछु ।
र अन्त्यमा, अहिलेको विषम परिस्थितिलाई तपाई हामी सँगैं मिलेर नेपाली समुदायको निम्ति अघि बढौं भन्ने आग्रह गर्न चाहन्छु । र यो विपत्को अवस्थामा फ्रन्टलाइनमा रहेर सेवा गर्नुहुने चिकित्सक, नर्स, स्वयसेवी साथीहरु सबैंमा हार्दिक आभार समेत व्यक्त गर्दछु ।

धन्यवाद । जय एनआरएनए अमेरिका ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका

Share On

Related News